जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन्द्र शाह नेतृत्वको सरकारले चलाइरहेको डोजर अभियानको आलोचना गरेका छन्। उनले सरकारलाई ‘विवेकहीन बुख्याचा’ भनेर संज्ञा दिएका छन्। राउतले सामाजिक सञ्जालमा विवेकपूर्ण र जिम्मेवार नेतृत्व र लोकप्रियतावादी नेतृत्व बीचको भेद स्पष्ट गर्दै भने, “बुख्याचा नेतृत्वले नैतिकता, जिम्मेवारी र मानवताका विषयलाई ध्यानमा राख्दैन।”


