Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्प घोषणापछि विश्व बजारमा तेलको मूल्य घट्यो

ट्रम्प घोषणापछि विश्व बजारमा तेलको मूल्य घट्यो

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुज क्षेत्रमा रोकिएका जहाजहरूलाई सुरक्षित मार्ग दिने घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

ट्रम्पले ट्रुथ सोसियलमार्फत ती जलमार्गमा फसेका जहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी पहलको संकेत दिएपछि लगानीकर्तामा केही राहत देखिएको हो।

सोमबार ब्रेन्ट क्रुडको मूल्य घटेर करिब १०७.५३ डलर प्रतिव्यारेल पुगेको छ भने अमेरिकी डब्लुटीआई १०१.१० डलरमा झरेको छ।

तर, अमेरिका–इरानबीचको तनाव र शान्ति वार्ता निष्कर्षविहीन रहँदा तेलको मूल्य अझै १०० डलर माथि नै रहेको छ। विश्लेषकहरूका अनुसार दुवै देश आ–आफ्नो अडानमा अडिग रहँदा मध्यपूर्वको अवस्था अनिश्चित बनेको छ।

यसैबीच, ओपेक प्लसले आगामी महिनाका लागि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *