Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर जुट मिल्सका ४६ मजदुरले मागे पारिश्रमिक

विराटनगर जुट मिल्सका ४६ मजदुरले मागे पारिश्रमिक

विराटनगर जुट मिल्स प्रा.लि.मा २०७० सालदेखि उत्पादन बन्द भएपछि काम गरेका ४६ जना मजदुरले लामो समयदेखि नपाएको पारिश्रमिक माग गरेका छन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै श्रम कार्यालयको निर्णयअनुसार २०७३ जेठदेखि २०७७ मंसिरसम्मको करिब ३ करोड २ लाख रुपैयाँ र थप एक वर्षको पारिश्रमिक भुक्तानी गर्न माग गरेका हुन्।

श्रम कार्यालय र मिल्सको साधारणसभाले समेत रकम भुक्तानी गर्नुपर्ने निर्णय अनुमोदन गरिसकेको उनीहरूको भनाइ छ। तर हालसम्म भुक्तानी नभएपछि मजदुरहरू निराश बनेका छन्। उनीहरूले बारम्बार आश्वासन मात्रै पाएको र वास्तविक भुक्तानी नपाएको गुनासो गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *