Friday, June 05, 2026
Home > मुख्य समाचार > शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति अन्त्य गर्ने सरकारको घोषणा

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति अन्त्य गर्ने सरकारको घोषणा

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाह ले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति पूर्ण रूपमा हटाउने घोषणा गरेका छन्।

सरकारले अध्यादेशमार्फत सुधार सुरु गर्दै नियुक्ति, सरुवा र बढुवामा अब योग्यता र कार्यक्षमता मात्रै आधार हुने जनाएको छ।

शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा राजनीतिक प्रभाव निषेध गरिने उल्लेख गर्दै उनले प्रणालीलाई निष्पक्ष र विश्वसनीय बनाउने लक्ष्य राखिएको बताए।

प्रधानमन्त्री शाहले यो कदम कुनै दलविरुद्ध नभई देशको भविष्य सुरक्षित गर्न गरिएको संस्थागत सुधार भएको स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *