काठमाडौं — अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले होर्मुज जलमार्ग क्षेत्रमा ६ वटा इरानी साना डुंगा ध्वस्त पारिएको दाबी गरेको छ।
कमान्डर एडमिरल ब्राड कुपरका अनुसार इरानले अमेरिकी जहाज लक्षित आक्रमण गरेपछि जवाफी कारबाही गरिएको हो। उनले क्रुज मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण भएको बताएका छन्।
तर इरानले भने उक्त दाबी अस्वीकार गर्दै आफ्ना कुनै पनि डुंगा नष्ट नभएको जनाएको छ। इरानी सञ्चारमाध्यमले चेतावनीस्वरूप मात्र मिसाइल र ड्रोन प्रयोग गरिएको उल्लेख गरेका छन्।
घटनापछि होर्मुज जलमार्ग क्षेत्रमा तनाव बढेको देखिएको छ।


