प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बिहीबार दिउँसो ५ बजेका लागि बोलाएका छन्। प्रधानमन्त्री बनेपछि यो उनको पहिलो बैठक हो।
बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश र निर्वाचन आयोगलगायत संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्तिबारे छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। हाल परिषद्को नियमअनुसार केही सदस्य उपस्थित भए पनि निर्णय लिन सकिने व्यवस्था छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत अहिले कायममुकायम नेतृत्वमा छ।


