रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी समस्या स्थायी रूपमा समाधान गर्ने बताएका छन्। ललितपुरको पार्टी प्रशिक्षणमा उनले जोखिमपूर्ण र अव्यवस्थित बस्तीमा मात्र सरकारी कदम लक्षित भएको भन्दै भूमिहीनलाई लालपुर्जा दिने प्रतिबद्धता जनाए। उनले पुराना दलहरूले यो समस्यालाई भोट बैंकका रूपमा प्रयोग गरेको आरोप पनि लगाए।


