काठमाडौं उपत्यका ट्राफिक प्रहरीले एउटै कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा पर्ने चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्ने तयारी गरेको छ। हाल ३१ चालकको लाइसेन्स निलम्बनका लागि विभागमा सिफारिस गरिएको छ।
चालु आर्थिक वर्षमा उपत्यकामा ३ लाख ७३ हजारभन्दा बढी सवारी कारबाहीमा परेका छन्। साथै ४,६३१ दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने ५३४ चोरी भएका सवारी फेला पारेर बुझाइएको छ।


