काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति जनाएका छन्।
साम्पाङले भने, प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ र जनताको प्रश्नको जवाफ दिनुपर्छ, नत्र जनताको अधिकार अनुत्तरित रहन्छ। उनले सीमा क्षेत्रदेखि सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयमा पनि प्रश्न उठाए।


