विराटनगर । नेपाली क्रिकेटका अम्पायर बुद्धि प्रधानले ५० वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेलमा अम्पायरिङ गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) अन्तर्गतका विभिन्न खेलहरूमा निरन्तर जिम्मेवारी सम्हाल्दै आएका प्रधानले यो उपलब्धिसँगै नेपाली अम्पायरिङलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको मानिएको छ।
क्रिकेटसँगै शिक्षाक्षेत्रमा समेत सक्रिय रहेका उनी विराटनगरमा विद्यालय सञ्चालन गर्दै आएका छन्। खेलकुद र शिक्षामा एकैसाथ योगदान दिँदै आएका प्रधानलाई स्थानीय तथा क्रिकेट समुदायले प्रेरणादायी व्यक्तित्वका रूपमा सम्मान गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) तथा समर्थकहरूले उनको उपलब्धिलाई नेपाली क्रिकेट इतिहासको महत्वपूर्ण उपलब्धि भन्दै बधाई व्यक्त गरेका छन्।


