कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गरेको छ। ३६ अर्बभन्दा बढी बजेटमध्ये हालसम्म १३ अर्ब रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
विशेषगरी पुँजीगत बजेट खर्च कमजोर देखिएको छ। विकास निर्माणतर्फ छुट्याइएको बजेटमध्ये ठूलो हिस्सा अझै खर्च हुन बाँकी छ, जसका कारण अन्तिम दुई महिनामा ‘असारे विकास’ बढ्ने चिन्ता बढेको छ।
यद्यपि, राजस्व संकलनतर्फ भने प्रदेश सरकारले २५ अर्ब रुपैयाँभन्दा बढी रकम जुटाउन सफल भएको जनाएको छ।


