Friday, June 05, 2026
Home > विराटनगर समाचार > मन्त्री लिङ्थेपको चेतावनी: अर्थतन्त्र संकटतर्फ, श्रीलङ्का जस्तो अवस्था आउन सक्छ

मन्त्री लिङ्थेपको चेतावनी: अर्थतन्त्र संकटतर्फ, श्रीलङ्का जस्तो अवस्था आउन सक्छ

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले नेपालको अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको भन्दै समयमै सचेत हुनुपर्ने बताएका छन्।

विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको सामान्य सञ्चालन खर्चसमेत राजस्वले धान्न नसक्ने अवस्था आएको र विकास तथा प्रशासन चलाउन विदेशी ऋण तथा आन्तरिक ऋणमा निर्भर हुनुपरेको बताए।

उनका अनुसार कर छल्ने प्रवृत्ति, कमजोर कर प्रणाली र आर्थिक अनुशासनको कमीका कारण राज्यको ढुकुटी कमजोर बन्दै गएको छ।

मन्त्री लिङ्थेपले आयोजना बैंकमार्फत मात्रै योजना छनोट गर्ने नीति अघि बढाइएको पनि बताए। उनले आर्थिक अनुशासन सुधार नगरे देश श्रीलङ्काजस्तै आर्थिक संकटमा पुग्न सक्ने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *