विराटनगर । नेपाली क्रिकेटका अम्पायर भास्कर अर्यालको ४६ वर्षको उमेरमा निधन भएको छ। उनी केही समयदेखि जन्डिस रोगबाट पीडित थिए।
विराटनगर निवासी अर्याल विगत दुई दशकदेखि क्रिकेट अम्पायरिङमा सक्रिय थिए। ‘लेभल–वान’ अम्पायरका रूपमा उनले विभिन्न प्रतियोगितामा योगदान दिएका थिए।
उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) र कोसी प्रदेश क्रिकेट संघले दुःख व्यक्त गर्दै नेपाली क्रिकेटले समर्पित खेलकर्मी गुमाएको बताएका छन्।


