खुश्बु ओली ले मानव तस्करीमा संलग्न गिरोहविरुद्ध तत्काल कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले कुवेतलगायत देशमा वैदेशिक रोजगारीको नाममा नेपाली महिलालाई १०–१२ लाख रुपैयाँमा बेचिने गरेको आरोप लगाइन्।
ओलीले घरेलु कामदार पठाउन प्रतिबन्ध भए पनि तस्करीका घटना रोकिएको छैन भन्दै सरकारले निगरानी र उद्धारमा ढिलाइ गर्न नहुने बताइन्।


