काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले पार्टी गुट अन्त्य गर्दै संगठन सुदृढीकरणतर्फ अघि बढिरहेको बताएका छन्।
बागमती प्रदेशस्तरीय भेलामा उनले विशेष महाधिवेशनमा सहभागी नभएकालाई पनि समेटेर जिम्मेवारी दिइँदै गएको भन्दै यसलाई पार्टी एकताको संकेत बताए।
उनले महामन्त्री गगन थापा प्रति अनावश्यक अविश्वास नगर्न आग्रह गर्दै क्रियाशील सदस्यता नवीकरण लगायतका काम स्थानीय तहबाटै भइरहेको स्पष्ट पारे।


