Friday, June 05, 2026
Home > खेलकुद समाचार > स्कटल्याण्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा

स्कटल्याण्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा

नेपाल ले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्ड लाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा चार विकेट गुमाएर जित हात पारेको हो। कप्तान रोहित पौडेल ले ७४ रन र इशान पाण्डे ले ५५ रन बनाए।

यसअघि नेपालका लागि ललित राजवंशी ले ४ विकेट र सन्दीप लामिछाने ले ३ विकेट लिएपछि स्कटल्यान्ड १९४ रनमै समेटिएको थियो।

यो जितसँगै नेपाल लिग–२ अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *