Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > झा रिहा नभएको पुष्टि, गलत सूचना दिएपछि परराष्ट्रले माग्यो माफी

झा रिहा नभएको पुष्टि, गलत सूचना दिएपछि परराष्ट्रले माग्यो माफी

परराष्ट्र मन्त्रालय ले अमृत झा इरानबाट रिहा भएको भन्दै पहिले सार्वजनिक गरेको सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ।

मन्त्रालयका अनुसार झा अझै पनि इरानमा थुनामै छन् र उनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।

यसअघि परराष्ट्रले रिहा भएको भन्दै विज्ञप्ति र सामाजिक सञ्जालमार्फत जानकारी दिएको थियो, तर पछि त्यो सूचना गलत भएको पुष्टि भएको हो।

झा हाल इरानको सुरक्षासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको र कूटनीतिक पहल जारी रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *