निश्कल राई ले सरकारले आफ्ना प्रतिबद्धताबाट विचलित हुँदा निजी क्षेत्रको मनोबल कमजोर भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले व्यवसायीप्रति सरकारले कठोर र प्रतिशोधात्मक व्यवहार गरेको बताए।
उनले निजी क्षेत्रलाई सहयात्री बनाउने भनाइ विपरीत उद्योगी व्यवसायीहरू पक्राउ पर्ने र त्रासको वातावरण सिर्जना भएको टिप्पणी गरे।


