हर्क साम्पाङ ले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले प्रतिनिधिसभा बैठकमा पर्चासहित विरोध गर्नुपरेको बताएका छन्।
सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधिका प्रश्नको जवाफ नदिएपछि यस्तो कदम उठाइएको बताए।
साम्पाङले कानुन बनाउनेहरूलाई “कानुन नसिकाउन” भन्दै संसद्भित्रको विरोधलाई कानुनी दायराभित्रै स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।


