श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले ४० हजारभन्दा बढी उजुरी फर्छ्योट गर्ने तयारी भइरहेको र आगामी साउनदेखि वैदेशिक रोजगारसम्बन्धी सबै सेवा प्रविधिमार्फत सञ्चालन गरिने जानकारी दिए।


