राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनको तयारीका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ। वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सम्पन्न गराउन शीर्ष नेता र सांसदहरू विभिन्न जिल्लामा खटिने भएका छन्।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।


