चीन र रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का नीतिविरुद्ध संयुक्त रूपमा उभिने संकेत गरेका छन् । भ्लादिमिर पुटिन र सी चिनफिङ बीचको भेटपछि जारी संयुक्त घोषणामा बहुध्रुवीय विश्व व्यवस्थाको समर्थन गर्दै अमेरिकी ‘गोल्डेन डोम’ योजनाको समेत आलोचना गरिएको छ । दुवै देशले रुबल र युआनमा व्यापार बढाएर पश्चिमा प्रतिबन्धको असर कम गर्ने रणनीति पनि अघि सारेका छन् ।


