Friday, June 05, 2026
Home > मुख्य समाचार > विपक्षीको नाराबाजीबीच निर्वाचनसम्बन्धी विधेयक बहुमतले स्वीकृत

विपक्षीको नाराबाजीबीच निर्वाचनसम्बन्धी विधेयक बहुमतले स्वीकृत

विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभाले निर्वाचन पहिलो संशोधन विधेयक २०८३ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । सभामुखले विपक्षीको विरोध र नाराबाजीका बीच निर्णय घोषणा गरेका हुन् । त्यस्तै, मतदाता नामावलीसम्बन्धी विधेयक पनि बहुमतले स्वीकृत भएको छ । विपक्षीले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *