Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > मेटाले १० प्रतिशत कर्मचारी कटौती गर्ने, ८ हजार प्रभावित हुने

मेटाले १० प्रतिशत कर्मचारी कटौती गर्ने, ८ हजार प्रभावित हुने

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले विश्वभर आफ्नो करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ, जसबाट करिब ८ हजार कर्मचारी प्रभावित हुनेछन्।

रोयटर्सका अनुसार कटौती प्रक्रिया तीन चरणमा अघि बढाइनेछ। प्रभावित कर्मचारीलाई सेभरेन्स प्याकेजसँगै काम गरेको वर्षअनुसार थप सुविधा दिइने कम्पनीले जनाएको छ।

मेटाले यसअघि ६ हजार नयाँ भर्ना गर्ने योजना पनि रद्द गरेको छ भने केही कर्मचारीलाई एआई सम्बन्धित भूमिकामा स्थानान्तरण गर्ने तयारी गरेको छ। एआई क्षेत्रमा बढ्दो लगानीका कारण कम्पनी पुनर्संरचनामा गएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *