काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले पार्टी पुनर्गठनको पक्षमा उभिँदै कार्यदल गठनको प्रस्ताव गरेका छन्।
आइतबारको सचिवालय बैठकमा राईले हालको निर्वाचन परिणामपछि देखिएको निराशा र अन्योल अन्त्य गर्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन्।
उनले निर्वाचनको निर्मम समीक्षा गर्दै संगठनलाई पुनर्गठन गर्न सुझाव तथा प्रतिवेदन तयार गर्ने कार्यदल गठन गर्नुपर्ने प्रस्ताव राखेका हुन्।


