Friday, June 05, 2026
Home > खेलकुद समाचार > एसियन गेम्स छनोट: पूजा महतोको अर्धशतकमा चीनलाई १२६ रनको लक्ष्य

एसियन गेम्स छनोट: पूजा महतोको अर्धशतकमा चीनलाई १२६ रनको लक्ष्य

काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ।

मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनायो। नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ खेलेकी हुन्। रुवी पोदार २२ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १८ रन जोडे।

चीनका लागि मा रुइकले २ विकेट लिइन्।

नेपाल यसअघि दुवै टी–२० अन्तर्राष्ट्रिय खेलमा चीनलाई हराइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *