काठमाडौं । प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच चार घण्टा लामो छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता र संशोधनका विषयमा छलफल भएको बताइएको छ।
जेठ १५ मा ल्याइने बजेटलाई प्रभावकारी बनाउने, छुटाउन नहुने विषय र नीतिगत प्राथमिकताबारे तीन नेताबीच संवाद भएको स्रोतले जनाएको छ।


