विराटनगर । छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रवेश गरेको छ ।
बिहीबार भएको सेमिफाइनलमा पुलिसले लालीगुराँस फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
अब उपाधिका लागि शनिबार पुलिस र विराटनगरकै टीडब्लुसीबीच प्रतिस्पर्धा हुनेछ । विजेताले २ लाख १ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


