प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको पहिलो वर्षलाई “सुशासनको वर्ष” का रूपमा अघि बढाइने बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचार नियन्त्रण र बेतिथि अन्त्यलाई सरकारको मुख्य प्राथमिकता भएको बताए। उनका अनुसार दीर्घ समयदेखि जरा गाडेको भ्रष्टाचार पूर्ण रूपमा हटाउन समय लागे पनि तत्कालै न्यूनीकरणका प्रयास तीव्र पारिनेछ।
सरकार सुशासन प्रवर्द्धन गर्दै प्रणाली सुधारमा केन्द्रित रहेको उनले स्पष्ट पारे।


