नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको नेपाल–भारत सीमा सम्बन्धी टिप्पणीबारे आपत्ति जनाएकी छन्।
प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने बताएका भनाइपछि थापाले त्यसको ठोस प्रमाण र स्थान सार्वजनिक गर्न माग गरिन्। तथ्यबिनाको अभिव्यक्ति भए रेकर्डबाट हटाउनुपर्ने उनको भनाइ छ।


