Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको ‘सीमा विवाद’ टिप्पणी हटाउन संसद्मा माग, अभिव्यक्तिप्रति आपत्ति

प्रधानमन्त्रीको ‘सीमा विवाद’ टिप्पणी हटाउन संसद्मा माग, अभिव्यक्तिप्रति आपत्ति

प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसदहरूले माग गरेका छन्।

प्रतिनिधिसभामा जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने बताएका थिए। सो भनाइलाई लिएर सांसदहरूले राष्ट्रिय अखण्डतामा आँच पुग्ने भन्दै आपत्ति जनाएका छन्।

नेकपा र कांग्रेसका सांसदहरूले उक्त टिप्पणी तथ्यसहित पुष्टि गर्न वा गलत भए संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *