वीरगन्ज, जेठ १९ — लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका राजेशमान सिंह लाई पर्सा प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको छ।
अदालतमा बयान प्रक्रिया सम्पन्न भएपछि थुनछेक बहस सुरु हुने जनाइएको छ। सिंहलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट पक्राउ गरिएको थियो।
उनीमाथि अरूको छोरीलाई आफ्नै छोरी देखाई नक्कली कागजातका आधारमा नागरिकता बनाएको आरोप लगाइएको छ। अदालतको आदेशपछि थप कानुनी प्रक्रिया अघि बढ्नेछ।


