सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति नदिएको स्पष्ट गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले सीमा विवादबारे बनेका द्विपक्षीय संयन्त्रमा उठेका विषय उल्लेख गर्दै आफू आश्चर्यचकित भएको प्रसंग मात्र राखेको बताए। उनले नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र आपसी वार्तामार्फत समाधान गरिनुपर्ने सरकारको धारणा दोहोर्याए।


