काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने ले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा भारत–नेपाल विकास साझेदारी, आपसी सम्बन्ध र समृद्धिका विषयमा छलफल भएको बताइएको छ। भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टीका नेताहरूसँग पनि भेटघाट गरेका छन्।


