काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सञ्चालनमा ल्याएको छ। एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि घरमै बसेर अनलाइन आवेदन दिन सकिनेछ।
एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध एपबाट आवेदनको अवस्था ट्र्याक गर्न, साथै ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
सरकारले डिजिटल प्रविधिमार्फत जग्गासम्बन्धी सेवा थप सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले एप सार्वजनिक गरेको जनाएको छ।


