नेपाली कांग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत पाँच विषयगत उपसमितिका संयोजक चयन गरेको छ।
बैठकले डायस्पोरा संवाद, स्वास्थ्य बिमा, घरेलु तथा डिजिटल हिंसा, सार्वजनिक यातायात तथा सडक सुरक्षा, र खेलकुद नीति सम्बन्धी उपसमितिहरूका संयोजक तोकेको हो।
कांग्रेसले विभिन्न नीतिगत विषयमा अध्ययन, संवाद र सुझाव संकलनलाई प्रभावकारी बनाउन यी उपसमितिहरू गठन गरेको जनाएको छ।


