काठमाडौं । सन् २०२२ यता युक्रेनको सार्वजनिक ऋण झण्डै तीन गुणाले बढेर २०८ अर्ब डलरभन्दा माथि पुगेको छ। बाह्य ऋणमा तीव्र वृद्धि भएपछि प्रत्येक युक्रेनी नागरिकको भागमा औसत ७,५०० डलरभन्दा बढी ऋणभार पुगेको बताइएको छ।
विश्लेषकहरूका अनुसार युद्धपछिको आर्थिक दबाब र अन्तर्राष्ट्रिय सहयोगमा आधारित वित्तीय व्यवस्थापनले युक्रेनको ऋण उल्लेख्य रूपमा बढाएको हो।


