Sunday, June 14, 2026
Home > राष्ट्रिय समाचार > प्रक्रियागत विवादपछि रास्वपा कैलाली अधिवेशनको नतिजा रद्द

प्रक्रियागत विवादपछि रास्वपा कैलाली अधिवेशनको नतिजा रद्द

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रक्रियागत त्रुटि देखिएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर गरेको छ।

आयोगले उजुरी र प्रमाणहरूको अध्ययनपछि निर्वाचनमा आवश्यक विधि, प्रक्रिया र मापदण्ड पालना नभएको निष्कर्ष निकाल्दै २५ जेठमा सम्पन्न अधिवेशनको परिणाम रद्द गरेको जनाएको छ। उक्त निर्वाचनबाट कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *