Monday, June 15, 2026
Home > मुख्य समाचार > राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरमा लैजाने तयारी

राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरमा लैजाने तयारी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको, विश्वसनीय र बहुउपयोगी संस्थाका रूपमा विकास गर्न आवश्यक कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको बताएका छन्।

संसदीय समितिमा भएको छलफलमा उनले प्रयोगशालाको क्षमता र विश्वसनीयता बढाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताए। विज्ञहरूले पनि प्रयोगशालाको गुणस्तर, सुरक्षा र गोपनीयता सुनिश्चित गर्ने व्यवस्था कानुनमै समेटिनुपर्ने सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *