भारतीय टेलिभिजन अभिनेत्री संचिता उगलेको मुम्बईस्थित निवासमा निधन भएको छ। प्रहरीका अनुसार ३० वर्षीया अभिनेत्री आइतबार घरमा मृत फेला परेकी हुन् र घटनाबारे अनुसन्धान जारी छ। ‘कुमकुम भाग्य’, ‘वागले की दुनियाँ’ लगायत चर्चित धारावाहिक तथा फिल्म छावा मा अभिनय गरेकी संचिताको निधनले मनोरञ्जन क्षेत्रमा शोक छाएको छ।


