Saturday, March 07, 2026
Home > मुख्य समाचार > मल्ट्रियल महासन्धि लागू

मल्ट्रियल महासन्धि लागू

काठमाडौ, २८ मंसिर । एकीकरण गर्ने महासन्धि (मन्ट्रियल महासन्धि) लागू गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार (भोली)देखि सो महासन्धि लागू गर्न लागिएको जानकारी गराएको हो । अन्तराष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले आफ्ना सदस्य राष्ट्रहरुलाई पत्रचार गरेपछि सो महासन्धि शनिबारदेखि नेपालमा पनि लागू गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । सो महासन्धि नेपालमा रहेका अन्तराष्ट्रिय वायु सेवा कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्नेछ । महासन्धि लागू भएपछि नेपालका अन्तराष्ट्रिय हवाई उडान भर्ने यात्रुहरुको विमान र्दुघटना भई ज्यान गएमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्षतिपूर्ति पाउने व्यवस्था रहेको पनि सहसचिव लामिछानेले जानकारी दिनुभयो । मन्त्रालयका हवाई सुरक्षा तथा प्राधिकरण सुपरीवेक्षण महाशाखाका प्रमुख समेत रहनु भएका उहाँले सो महासन्धि लागू भएपछि अन्तराष्ट्रिय उडान भर्ने नेपाली हवाई यात्रुहरुले आफ्नो सामान हराउने, बिग्रने चिन्ता लिन नपर्ने पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *