Home > मुख्य समाचार (Page 46)

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ मा

काठमाडौं, ७ भदौ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराउनुभएको हो । उहाँले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न

Read More

मुख्यमन्त्री थापाले पाए विश्वासको मत, एमालेको विरोध

विराटनगर, ५ भदौ । सभामुखलाई समेत प्रयोग गरेर विश्वासको मत लिएपछि कोशी प्रदेशमा फेरि विवाद र अन्यौलको राजनीति सुरू भएको छ । विपक्षी दलले विश्वासको मत पाउनबाट रोक्ने र सत्तारुढ गठबन्धनले विश्वासको मत लिएरै छाड्ने होडले अन्ततः कोशी प्रदेशको राजनीति पुनः धमिल्याएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको

Read More

पहिचानको आधारमा प्रदेशको नामाकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा

काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू

Read More

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्याउँछ : गृहमन्त्री

काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्याउने बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै

Read More

काठमाडौं महानगरविरुद्ध व्यवसायीहरुको प्रदर्शन

काठमाडौं, ३ भदौ । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आज काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उतिएका छन्

Read More

सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो, संसद ५ गतेसम्मलाई स्थगित

काठमाडौं, ३ भदौ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ । १० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाउनुभएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि

Read More

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौः प्रधानमन्त्री दाहाल

काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ । शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताउनुभएको

Read More

देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनु पर्छः सभापति देउवा

  काठमाडौं, १ भदौ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि

Read More

१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

काठमाडौं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व अनुसन्धान र राष्ट्र बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा १ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै भएको हो

Read More

सांसद शर्माद्वारा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं, २९ साउन । मागसत्तारुढ नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ । आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उहाँको जिकिर थियो । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण

Read More