Home > मुख्य समाचार (Page 51)

एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने

काठमाडौं, २ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । आज उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिव एक वर्षभित्र यातायात

Read More

अर्थमन्त्री र चिनियाँ समकक्षीबीच भेटवार्ता

काठमाडौं, २ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा अर्थमन्त्री डा.महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटमा अर्थमन्त्री डा.महतले चीनले नेपालमा गरेको विकास सहयोगका

Read More

नेपाल र भारत भिड्दै

काठमाडौं, १ साउन । नेपालले एसीसी इमर्जिङ टिम्स एशिया कपमा आज भारत एसँग प्रतिष्पर्धा गर्दैछ । भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ ।

Read More

काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं, १ साउन । आज सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु हुनेछ । आजको बैठकले मंगलवारबाट बस्ने पार्टी केन्द्रिय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ । साउन २ गतेदेखि काँग्रेसको केन्द्रिय समितिको बैठक

Read More

धुप बत्ती बाल्दैमा सरकार ढल्दैन : मन्त्री ज्वाला

काठमाडौं, ३१ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गर्नुभएको छ । आज जनकपुरधाम पुग्नुभएका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गर्नुभयो ।

Read More

श्रमिकको तलब २५ हजार बनाउन माग गर्दै प्रदर्शन

काठमाडौं, ३१ असार ।  नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आज काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन काँग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो । हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाइने र सोही अनुसार काम अहिले अघि

Read More

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, ३० असार । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताउनुभयो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

Read More

निर्माण व्यवसायीद्वारा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं, २९ असार । नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रवार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने

Read More

अमेरिकी विदेशमन्त्री लू भेटघाटमा व्यस्त

काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटघाटलाई तीव्रता दिनुभएको छ । आज नेपाल आएलगत्तै उहाँले परराष्ट्रमन्त्री एनपी साउद र नेपाली काँग्रेसका सभापति शेरबहादुर दउवासँग भेटघाट गर्नुभएको छ । अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे मन्त्री साउदसँग छलफल

Read More

समाज सामाजिक मूल्यबाट विचलित भयो : अध्यक्ष ओली

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनु भयो । उहाँले समाज

Read More