Home > राष्ट्रिय समाचार (Page 257)

संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने भट्टराईको भनाइ

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठूलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्दालाई छोड्न नहुने बताउनुभएको हो । उहाँले संविधान भनेको विद्यमान आर्थिक, राजनीति,

Read More

नेपालको संबिधान विश्वकै अनुपम दस्ताबेज : नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नुभयो । संविधान दिवसको

Read More

नागरिकता विधेयकसम्बन्धी पारित हुन नदिन पार्टीका सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धी पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलका नेतासमेत रहनु भएका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई

Read More

कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुग्यो

काठमाडौं । कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्व ८५ करोड पुगेको छ । कर्मचारी संचय कोषले आफ्नो स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो । त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी

Read More

समाजलाई भड्काउने खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ

Read More

राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको मन्त्री ज्ञवालीको भनाइ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराउनुभयो । पूर्वसांसद मञ्च, नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले

Read More

फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

Read More

संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी तत्वहरु सल्बलाईरहेको अध्यक्ष दाहालको दावी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी तत्वहरु मुलुकमा सल्बलाई रहेको उल्लेख गर्दै प्रतिवादमा उत्र्न पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले हजारौं सहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनताको भ्रम फैल्याउने प्रयास गरिरहेको उल्लेख

Read More

सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्नु : सभामुख महरा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराउनुभएको छ । सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पार्नुभयो । संघीय संसद सचिवालयले आज संसद भवन, नयाँवानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै

Read More

विकासको आधार तयार पारेको दाहालको दाबी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दाबी गर्नुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष दाहालले छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध

Read More