Friday, June 05, 2026
Home > खेलकुद समाचार > सावित्रा भण्डारी ‘साम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

सावित्रा भण्डारी ‘साम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् ।

पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बा सर्वाधिक गोलकर्ता बनेकी हुन् । उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामालाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ औं अन्तर्राष्ट्रिय गोल थियो । सोही खेलमा उनले ३७ औं अन्तर्राष्ट्रिय गोल पनि पुरा गरिसकेकी छन् । सावित्राले २२ औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–० को अग्रता लिएको छ । नेपाली पुरुष खेलाडीलाई साम्बाले निकै पछाडी छाडेकी छन् । पुरुषतर्फबाट महिला राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक हरि खड्का र नीराजन रायमाझी सर्वाधिक गोल गर्ने खेलाडी हन् । उनीहरुको समान १३ गोल छ । नीराजनले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानविरुद्ध गोल गर्दै हरिसँग बराबरी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *