जनकपुरधाम । मधेश प्रदेश प्रहरीको अडिओ प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सई सागर शमशेर जबरा निलम्बित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार जबराले एक व्यवसायीसँग मिलेर बनावटी अडिओ तयार गरी सार्वजनिक गराउँदै प्रहरी संगठनको छवि कमजोर बनाउने प्रयास गरेको आरोप लागेको छ।
यता कार्यालयका मुख्य प्रवक्ता कमल थापाले भने घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक छानबिनमै संलग्नता देखिएपछि उनीमाथि कारबाही सुरू गरिएको हो।

