काठमाडौं। पूर्वमन्त्री सुदन किरातीले सरकारले ल्याउन लागेको अध्यादेशको औचित्यमाथि प्रश्न उठाएका छन्।
उनले असामान्य अवस्था नहुँदा पनि अध्यादेश किन ल्याइयो भन्दै संसदको भूमिका कमजोर पार्ने प्रयास भएको आशंका व्यक्त गरेका छन्। किरातीले यस्तो कदमले देशलाई निरंकुशतातर्फ लैजान सक्ने चेतावनी दिएका छन्।
लोकतन्त्र विधि, प्रक्रिया र खुला बहसमा आधारित हुने उल्लेख गर्दै उनले संसदमार्फतै निर्णय हुनुपर्नेमा जोड दिएका छन्।


