Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अध्यादेशविरुद्ध नेकपाको आपत्ति, संसद् बोलाउन माग

अध्यादेशविरुद्ध नेकपाको आपत्ति, संसद् बोलाउन माग

काठमाडौं । सरकारले संसद् स्थगित गरी अध्यादेश अघि बढाएकोप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ।

पार्टीले यो कदमलाई संसद् छल्ने गैरलोकतान्त्रिक अभ्यास भन्दै तत्काल बैठक आह्वान गर्न माग गरेको हो।

संविधान र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाइएपछि नेकपाले प्रतिक्रिया दिएको हो।

सरकारले सरोकारवाला पक्षको सुझाव बेवास्ता गरेको भन्दै कानुन निर्माण प्रक्रिया समावेशी बनाउन पनि आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *