काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनौपचारिक शिक्षासम्बन्धी तथ्याङ्कलाई पनि ‘इमिस’ प्रणालीमा समावेश गर्न सुरु गरेको छ।
अब विद्यालय तहजस्तै सामुदायिक सिकाइ केन्द्र, खुला विद्यालय र अनौपचारिक विद्यालयका विवरण पनि डिजिटल रूपमा अद्यावधिक गरिने केन्द्रले जनाएको छ।
हाल देशभर २ हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय सञ्चालनमा रहेका छन्। केन्द्रका अनुसार यसबाट अनौपचारिक शिक्षाको अवस्था र प्रभावकारिता मूल्याङ्कन गर्न सहज हुनेछ।


