काठमाडौँ– सरकारले राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरमै पुर्याउने सेवा सुरु गरेको छ।
हुलाक सेवा विभागलाई सरकारी कुरियरका रूपमा प्रयोग गर्दै यो सेवा सञ्चालन गरिएको हो। मकवानपुर, म्याग्दी र डडेलधुरामा परीक्षण सफल भएपछि अब देशभर विस्तार गर्ने तयारी छ।
सेवा लिन आवेदनका क्रममा नै ठेगाना टिपाउने व्यवस्था गरिएको छ, जसअनुसार हुलाकमार्फत कागजात घरमै पुर्याइनेछ। सरकारले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्ने दाबी गरेको छ।


